आइतबार, १६ वैशाख २०८१

मेडिसिटी अस्पतालको इमर्जेन्सी वार्डसँगैको कोठामा लगेर डाक्टरले युवतीको गोप्य अंग समाउन थालेपछि…

समयपोष्ट २०७६ मंसिर १० गते ९:३३

Advertisement

ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत डा. रोहितकुमार झा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

झालाई पीडितले दिएको जाहेरीका आधारमा सोमबार साँझ अस्पताल परिसरबाटै पक्राउ गरिएको हो । आइतबार उपचारका लागि अस्पताल पुगेकी युवतीलाई चेकजाच गर्ने क्रममा भित्र कोठामा बोलाएर बलात्कारको प्रयास गरेको पीडितको आरोप छ ।

सामान्य स्वास्थ्य जाँचका लागि आइतबार अस्पताल पुगेकी युवतीलाई इमर्जेन्सी वार्डसँगैको कोठामा डा.झाले बलात्कार प्रयासका हुन् ।

पक्राउ परेका डा.झा मेडिसिटी अस्पतालमा इमर्जेन्सी विभागमा कार्यरत छन् । ती युवतीले आफूलाई डा.झाले चुकुल लगाएर बलात्कार प्रयास गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन् ।

जाहेरीमा उल्लेख भएअनुसार डा.झाले महिलालाई जाँच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए । त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन् ।

डाा.झमाथि जबर्जस्ती करणी मुद्दा उद्योगअन्तर्गत अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री