शनिबार, १५ वैशाख २०८१

बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा विमानस्थलमा जे देखियो (फोटोफिचर)

समयपोष्ट २०७६ कार्तिक २६ गते १४:०९

Advertisement

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन् ।

मंगलबार नेपाल आएका उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

नेपालको चार दिवसीय औपचारिक भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ ।

नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नेछन् ।

राष्ट्रपति हमिदले मंगलबारनै भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने बताइएको छ । भ्रमणको दोस्रो दिन उनी औपचारिक कार्यक्रममा व्यस्त रहने छन् ।

उनले त्यस दिन नेपालका अति विशिष्ट ब्यक्तिहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उनको महत्वपूर्ण भेटघाट राष्ट्रपति भवन शीतल निवास र होटल र्याडिसनमा हुने जनाइएको छ ।

तेस्रो दिन बिहीबार राष्ट्रपति हमिद ‘रि ट्रिट’का लागि पोखरा जानेछन् । त्यहाँ उनले फेवा तालमा केहीबेर बोटिङ गर्नेछन् । त्यसैगरी उनले पोखराको विभिन्न स्थानको दृश्यावलोकन गर्नेछन् र काठमाडौं फर्किनेछन् ।

त्यसैगरी भ्रमणको अन्तिम दिन शुक्रबार चद्रागिरी जाने कार्यक्रम छ । उनी शुक्रबार साँझ ५:०० स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री