बिहीबार, २० वैशाख २०८१

पहिलो पटक चलचित्रको गीतमा ‘भिटेन’ को र्‍याप (भिडियोसहित)

समयपोष्ट २०७६ कार्तिक २४ गते १४:५७

Advertisement

 

चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले पहिलो पटक चलचित्रको गीत गाएका छन् । ‘भिटेन’को स्वर रहेको उक्त गीत भखरै मात्र सार्वजनिक भएको छ ।

मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’को प्रोमोसनल  गीतमा भिटेनकै शब्द तथा संगीत रहेको छ ।

पहिलो पटक भिटेन  भिडियोमा पनि फिचर भएका छन् । भिडियोमा चलचित्रकी मुख्य नायिका सुमी मोक्तान र मुख्य कलाकार विजय लामा पनि देखिएका छन् ।

Advertisement

गीतमा रिभेन्जको कथालाई प्रस्तुत गरिएको छ ।छायाकारको रुपमा परिचित हरि हुमागाईंले निर्देशन गरेको यस चलचित्रमा सुमी र विजयसँगै सन्नी सिंह, लियो ट्याङ्क, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम लगायतको पनि अभिनय छ । चलचित्रमा सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलरमा सुमिको एक्सनलाई धेरैले तारिफ गरेका छन् ।

‘विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियो’को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मीकुमारी तमाङले निर्माण गरेकी हुन् । राघव कृष्ण गौतमको लेखन रहेको चलचित्रलाई उत्तम हुमागाईंले खिचेको हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री