शुक्रबार, ४ जेठ २०८१

ट्वींकल हेर्न चाहनन अक्षयको फिल्म हाउसफुल–४, कारण यस्तो

समयपोष्ट २०७६ कार्तिक १९ गते १२:१६

Advertisement

बलिउड अभिनेत्री तथा अक्षय कुमारकी श्रीमती ट्वींकल खन्नाले मल्टी स्टारर फिल्म हाउसफुल–४ हेर्न नचाहेको बताएकी छिन् । बीबीसी हिन्दीसँगको कुराकानीमा अक्षय स्वयंले सो कुरा बताएका हुन् ।

अक्षयका अनुसार ट्वींकललाई यस्तो प्रकारको कमेडी फिल्म मनै पर्दैन । उनले भने, उनी यस प्रकारको फिल्मबाट टाढै बस्छिन् ।’

अक्षयले थपे, ‘ट्वींकलले स्पष्ट रुपमा मलाई यो फिल्म नहेर्ने बताइसकेकी छिन् ।’

Advertisement

अक्षय कुमारको मुख्य भूमिका रहेको हाउसफुल–४ दिपावलीको मौकामा रिलिज भएको थियो । फिल्मको कमाईको कुरा गर्ने हो भने यसले सय करोडको आँकडा पार गरेको छ ।

अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म हाउसफूल ४ ले एक हप्तामा करिब १३७ करोड भारु कमाइसकेको छ । तर सुरुमै मोटो कमाई देखाएको भन्दै फिल्म विवादमा फसेको थियो ।

यो आरोपलाई ठाडै अस्विकार गर्दै अक्षय कुमार भन्छन्, ‘हाउसफुल ४ का निर्माता फक्स डिज्नी हो र यो कुनै सानोतिनो कम्पनी होइन । यो फिल्मले करोडौं डलरको फिल्म बनाउँछ र उनका लागि हाउसफुल ४ कुनै ठूलो फिल्म त होइन जुन उनीहरुले पाँच करोडका लागि झुटो बोल्नेछन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री