बिहीबार, ३ जेठ २०८१

कुमारी हल आजबाट बन्द

समयपोष्ट २०७६ कार्तिक १८ गते १३:५६

Advertisement

क्यूएफएक्स चेन अन्र्तगत कमलपोखरीमा रहेको कुमारी हल आजबाट बन्द भएको छ ।

हल एक महिनाको लागि बन्द गरिएको हो । चलचित्र भवन मर्मत सम्भारका लागि बन्द गरिएको क्यूएफएक्स सञ्चालक नक्किम उदिनले बताए ।

‘चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएको थियो’ उदिनले भने ‘अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागेका हौं ।’ चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको उदिनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री