बिहीबार, ३ जेठ २०८१

सलमान खानको फिल्ममा सुनिल थापा

समयपोष्ट २०७६ कार्तिक १८ गते ११:४६

Advertisement

चर्चित कलाकार सुनिल थापाले बलिउड फिल्ममा काम गर्ने भएका छन् । उनले सलमान खानको फिल्म ‘क्वाथा’ काम गर्ने पक्का भएको हो ।

यस फिल्ममा उनी मुखियाको भूमिकामा देखिदैछन् । यही फिल्मबाट कट्रिना कैफकी बहिनी इसाबेलले पनि डेब्यु गदैछिन् । भारतको मणिपुर राज्यको कथा रहेको फिल्मको निर्देशन करर भुटानीले गर्नेछन् ।

यसअघि थापा फिल्म मेरी कोममा प्रियंका चोपडाको कोचको भूमिकामा देखिएका थिए । थापाले चेतन आनन्दको चर्चित फिल्म साहिब बहादुरबाट बलिउडमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री