शुक्रबार, ४ जेठ २०८१

सन्यासी बन्दै विनोद खन्नाका छोरा !

समयपोष्ट २०७६ कार्तिक १८ गते ११:१६

Advertisement

७० को दशकका सुपरस्टार विनोद खन्नाका छोरा साक्षी खन्नाले पिताकै बाटो हिडिरहेका छन् । अर्थात जब सुपरस्टार विनोद खन्ना करियरको शीर्ष स्थानमा थिए तब उनले आध्यात्मिक गुरु ओशोको शरण लिएर सबैलाई चकित पारेका थिए ।

भारतीय भिडियामा प्रकाशित समाचारका अनुसार छोरा साक्षीले पनि अध्यात्मको बाटो रोजेका छन् र ओशो इन्टरनेशनल जोइन गरेका छन् ।

साक्षी विनोद खन्नाकी दोस्रो श्रीमती कविताका छोरा हुन् । जब विनोद खन्नाले ओशोको शरण लिएका थिए तब उनी भारतमा निकै कम देखिन्थे । लामो समयपछि जब उनी फिल्मी क्षेत्रमा फिर्ता भए । उनी सन् १९८७ मा फिल्म इन्साफमार्फत् पुनः फिल्ममा देखिए । तर उनले पुरानो स्टारडम हाँसिल गर्न सकेनन् ।

आखिर विनोद खन्नाले सन्यास किन लिए भनेर धेरैलाई थाहा छैन । कतिले विनोदले परिवार र करियरलाई सम्हाल्न नसकेका कारण यस्तो निर्णय लिएको बताए । स्मरण रहोस् सन्यासबाट फिर्ता भएपछि उनको पहिलो श्रीमती गिताञ्जलीसँग सम्बन्धविच्छेद भयो त्यसपछि उनले कवितासँग विवाह गरेका थिए ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री