आइतबार, १६ वैशाख २०८१

अभिषेक लिन्छन् ऐश्वर्याका लागि करवा चौथको ब्रत

समयपोष्ट २०७५ कार्तिक ११ गते ५:५४

बलिउड अभिनेता अभिषेक बच्चनले श्रीमतीका साथै श्रीमानले पनि करवा चौथको ब्रत लिनुपर्ने धारणा ट्वीटरमा व्यक्त गरेका छन् ।

Advertisement

अभिषेकले लेखेका छन्, ‘करवा चौथका लागि महिलाहरुलाई शुभकामना । र कर्तव्यनिष्ठ श्रीमानहरुले पनि आफ्नी श्रीमतीको लागि ब्रत बस्नुपर्छ । म बस्छु ।’

ऐश्वर्या र अभिषेकको विवाह भएको ११ वर्ष बितिसकेको छ । यसै महिना भएको इन्डिया टुड कन्क्लेवमा अभिषेकले ऐश्वर्याका थुप्रै विशेषताबारे जानकारी दिए । साथै उनले आफ्नो लभ स्टोरीबारे पनि कुरा गरेका थिए । अभिषेकले भनेका थिए, ‘हामी पहिलो फिल्मदेखि नै राम्रा साथी बनेका थियौं । यो दोस्ती समयसँगै अघि बढ्दै गयो ।’

अभिषेकले थपे, ‘ऐश्वर्याले सबैकुरा निकै राम्रो तरिकाले म्यानेज गर्छिन् । मलाई थाहा छैन, उनले यस्तो कसरी गर्न सक्छिन् । उनी एक सफल नायिका हुनुका साथै उत्कृष्ट बुहारी, श्रीमती, आमा र छोरी पनि हुन् । उनी सबैकुरा मिलाएर हिँड्न सक्छिन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री