आइतबार, १६ वैशाख २०८१

‘छक्का पञ्जा ३’की अभिनेत्रीले गरिन् विवाह

समयपोष्ट २०७५ कार्तिक १० गते १५:५५

‘छक्का पञ्जा ३’की अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन् । एकवर्ष अगाडिनै आफूहरू कानुनीरूपमा पतपत्नी भएको निर्देशक भट्टराईले जानकारी दिए ।

Advertisement

दीपिकालाई दिवाकरले ‘ऐश्वर्या’ फिल्मबाट डेब्यू गराएका थिए । दुबैले शनिबार बिहान आ-आफ्नो फेसबुकमा ‘ऊ मेरो’, ‘ऊनी मेरो” भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन् ।

ऐश्वर्या रिलिज पछि कोर्टम्यारिज गरेको दिवाकरले जानकारी दिए । उनले पारम्परिक विवाह भने केहि समयपछि गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री