हेर्नुहोस् चीनले समुद्रमाथि बनाएको विश्वकै छैठौं लामो पुल (फोटोफिचर)
चीनले समुद्रमाथि विश्वकै छैठौं लामो पुल निमार्ण गर्यो । सन् २००९ बाट निमार्ण अघि बढाइएको यो पुलको लम्बाई ५५ किलोमिटर रहेको छ ।
हङकङ-झुहाई-मकाउ नामको यो पुलको उदघाटन मंगलबार चिनियाँ राष्ट्रपति शी जिनपिङले गरे । यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ । उक्त खर्च हङकङ, मकाउ र झुहाईले बेहोरेका छन् ।
चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र शक्तिशाली समुद्री आँधीलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।
यो पुल बनाउन इन्जिनियरहरुले समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाएका छन् जसको माध्यमबाट पुललाई जमिनसँग जोडिएको छ ।
छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ । हङकङ एयरपोर्टबाट झुहाई जान चार घण्टा लाग्छ तर यो पुलबाट ४५ मिनेटमै पुगिन्छ ।
एजेन्सी
प्रतिक्रिया