मंगलबार, १ जेठ २०८१

बोल्दा होस गुमाउने अनि भन्ने फेक न्युज !

समयपोष्ट २०७५ कार्तिक ७ गते ५:४५

‘यो त कमन सेन्सको कुरा हो । के तपाईं महिनावारीको रगतले भिजेको प्याड लिएर साथीको घरमा जानुहुन्छ ? तपाईं जान सक्नुहुन्नँ । र भगवानको घरमा यस्तो गर्नु तपाईं सम्मानजनक हो जस्तो लाग्छ ?’

Advertisement

यो भनाई हो भारतकी केन्द्रीय कपडा मन्त्री स्मृति इरानीको ।

स्मृति इरानीले मुम्बईमा आयोजित ‘योंग थिंकर्स कन्फरेन्स’ मा केरलको सबरीमाला मन्दिरमा महिलाको प्रवेश बारे सोधिएको प्रश्नको जवाफमा यस्तो अभिव्यक्ति दिएकी हुन् ।स्मृतिले भनिन्, ‘म अहिले क्याबिनेट मन्त्री हुँ त्यसकारण सर्वोच्च अदालतको निर्णयबारे केही बोल्न सक्दिनँ । मेरो मान्यता छ कि मलाई प्रार्थना गर्ने अधिकार छ तर अपमान गर्ने छैन । हामीले यही भिन्नतालाई बुझ्नुपर्छ र यसको इज्जत गर्नुपर्छ ।’

स्मृति इरानीको यो बयानको भिडियो सोसल मिडियामा पनि उपलब्ध छ । भिडियो इन्टरनेटमा सार्वजनिक हुने बित्तिकै चर्चा र बहस हुनथाल्यो । साथै स्मृतिरानी ट्रेन्ड पनि हुनथाल्यो ।

धेरैले स्मृतिको यो बयानलाई अपरिपक्व र गलत बताइरहेका छन् भने कतिले यसको समर्थन पनि गरिरहेका छन् ।

Advertisement

एक ट्वीटर प्रयोगकर्ताले भने, ‘प्रिय स्मृति इरानी, कसैले मासिक धर्मको रगतले भिजेको प्याड आफ्नो पर्समा लिएर घुम्दैन तर महिला आफ्नो साथीको घरमा पक्कै जान्छन् । उनीहरु फिल्म हेर्छन्, खाना बनाउँछन्, खेलमा हिस्सा लिन्छन् र देशका लागि मेडल पनि जित्ने गर्छन् । यस्तो अवस्थामा तपाईंको भनाईको तात्पर्य के हो ?’

अर्का ट्वीटर प्रयोगकर्ताले लेखे, ‘स्मृति इरानीले एक महिलाको रुपमा आफ्नो विचार राखेकी हुन् । रुढिवादी महिलाको पनि वाक स्वतन्त्रता छ । उनीहरु यस्तै मूल्य मान्यताका साथ हुर्किएकी छिन् ।’

यद्यपी, विभिन्न चर्चा परिचर्चा हुन थालेपछि स्मृतिले एक ट्वीट गरेर यसलाई ‘फेक न्यूज’ बताउँदे यससम्बन्धि आफ्नो भिडियो पोष्ट गर्ने जानकारी दिइन् ।यो पूरा मामलाई फेक न्यूज बताएकोमा स्मृति इरानीको आलोचना भइरहेको छ ।

नम्रता ददवाले ट्वीटरमा लेखिन्, ‘यसलाई फेक न्यूज बताउनु अलि धेरै भएन र ? स्मृतिको यो बयानको प्रमाण विभिन्न च्यानलसँग प्रमाणको रुपमा सुरक्षित छ ।’सर्वोच्च अदालतले अघिल्लो महिना सबरीमला मन्दिरको ढोका हरेक उमेर र तप्काका महिलाका लागि खोल्ने आदेश दिएको छ ।

अदालतले कसैको आस्था र धर्म पालनको स्वतन्त्रतामा धार्मिक पितृसत्ताले रोक लगाउने अनुमती नभएको बताएको थियो ।

यसअघि सबरीमला मन्दिरमा १०–५० वर्षसम्मका महिलालाई प्रवेशको अनुमती दिइएको थिएन । अदालतले यो परम्परालाई अवैध, असंवैधानिक र मनोमानी पूर्ण बताएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री