मंगलबार, १ जेठ २०८१

कपिल शर्माको पनि तय भयो विवाहको डेट, विवाह प्रेमिकाको गृहनगरमा

समयपोष्ट २०७५ कार्तिक ६ गते ८:०८

हास्यकलाकार कपिल शर्माले पनि आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् । आइएनएसको खबर अनुसार कपिलको डिसेम्बर १२ तारिखमा प्रेमिका गिन्नीको गृहनगर जालन्धरमा विवाह हुँनेछ ।

Advertisement

कपिलले गिन्नी आफ्नो परिवारको एक्ली छोरी भएकाले उनकी आमा र गिन्नीको परिवारले विवाह भव्य रुपमा होस् भन्ने चाहना राखेको जानकारी दिए । उनले भने, ‘म सबैको भावनाको सम्मान गर्छु त्यसकारण विवाहको कार्यक्रम उनीहरुको इच्छा अनुसार नै हुनेछ । रिसेप्सन १४ डिसेम्बरमा हुनेछ ।’

आफ्नो विवाहको कुरा गर्दा कपिलले दाइको विवाह सम्झिए । उनले भने, ‘जब दाइको विवाह भएको थियो तब हाम्रो त्यति राम्रो कमाई थिएन त्यसकारण विवाह निकै साधारण तरिकाले गरिएको थियो । बहिनीको विवाहका बेला परिस्थिती बदलिएको थियो त्यसकारण उसको विवाह भव्य रुपमा भएको थियो । बहिनीको विवाह अघि कपिलले ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज जितेका थिए र उनले १० लाख भारु उपहार पाएका थिए ।’

को हुन् गिन्नी चतरथ

गिन्नी र कपिल कलेजका साथी हुन् । कलेजका कार्यक्रममा यी दुई सँगै भाग लिन्थे । कपिलका दाइ अशोक शर्माका अनुसार गिन्नीको वास्तविक नाम भवनीत हो र उनी जालन्धरकी हुन् । गिन्नी कपिलसँग पंजाबी कमेडी शो हँसबलिएमा देखिएकी थिइन् । यहि कार्यक्रममा सेटमा उनीहरुबीच अफेयर सुरु भएको बताइन्छ ।

Advertisement

गिन्नीले कपिलसँगको आफ्नो सम्बन्धलाई सन् २०१३ मा घोषणा गरेकी थिइन् । यद्यपी, यसलाई धेरैले याद गरेका थिएनन् । साथीसँगको च्याटमा भवनितले आफू कपिलसँग डेट गरिरहेको स्विकारेकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री