मंगलबार, १ जेठ २०८१

दीपिका पादुकोण र रणवीर सिंहमध्ये को बढी धनी ?

समयपोष्ट २०७५ कार्तिक ६ गते ४:१९

लामो प्रेमसम्बन्धपछि अन्ततः दीपिका पादुकोण र रणवीर सिंहले विवाहको घोषणा गरेका छन् ।

Advertisement

उनीहरूले सामाजिक सञ्जालमार्फत जारी गरेको संयुक्त विज्ञप्तिमा १४ र १५ नोभेम्बरमा वैवाहिक समारोह हुने उल्लेख छ । त्यसैले बलिउडका यी दुई चर्चित कलाकारको जोडी अहिले फेरि चर्चामा छ ।

उनीहरूलाई आकर्षक जोडी मात्रै नभएर शक्तिशाली जोडी पनि मानिन्छ किनकि दुवैको फ्यान फ्लोइङ ठूलो छ । त्यस्तै दुवैले केही ब्लकबस्टर फिल्म खेलेका छन् । त्यसो भए यी दुई कलाकारमध्ये को बढी धनी छ ?

पद्मावतमा काम गर्न दीपिकाले सञ्जयलीला भन्सालीसँग १२ करोड भारतीय रुपैयाँ लिएकी थिइन् । त्यसअघि उनले औसतमा प्रतिफिल्मबाट ६ देखि ७ करोड भारु मात्रै लिने गरेकी थिइन् । यस फिल्मपछि उनले हरेक प्रोजेक्टमा कम्तीमा १२ करोडको डिमान्ड गर्ने गरेकी छिन् ।

Advertisement

उनले विभिन्न कम्पनीको ब्रान्ड प्रोमोसनबाट ५ देखि ७ करोड रुपैयाँ लिने गरेकी छिन् । रणवीरले यस फिल्मबाट ७ देखि ८ करोड भारतीय रुपैयाँ लिएको बताइएको छ । उनले ब्रान्ड प्रोमोसनबाट ३ देखि ४ करोड भारु लिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री