मंगलबार, १ जेठ २०८१

‘अनु मलिकमाथि लगाइएको आरोप साँचो हो ‘

समयपोष्ट २०७५ कार्तिक ५ गते ८:०९

गायिका सोना महापात्र,श्वेता पंडित र अन्य दुई महिलाले संगितकार अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाए । यी चार जनाले मलिकमाथि लगाएको आरोप वास्तविक भएको दाबी गायिका अलिशा चिन्नोईले गरेकी छिन् । उनले भनेकी छिन् ‘अनु मलिकबारे भनिएको, लेखिएको एक एक शब्द साँचो हो ।’

Advertisement

९० को दशकमा अलिशा चिन्नोईले अनु मलिकमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् । यो विषयमा अदालतले पनि अलिशाको समर्थनमा निर्णय सुनाएको थियो । उक्त घटनापछि अलिसा अत्यधिक मानसिक तनावमा गुज्रिएको बताइन्छ । ठूला फिल्मनिर्माता लगातार अनु मलिकसँग काम गरिराख्ने भएकाले उनको व्यवहारमा कहिले सुधार हुन नसकेको उनले बताइन् ।
उक्त घटनापछि अलिशाले अब कहिले पनि आफू अनुसँग काम नगर्ने बताएकी थिइन् । तर सन् २००२ मा फिल्म ‘इश्क विश्क’ मा सँगै काम गरे । साथै, अलिशा र अनु सिंगिंग रियालिटी शो ‘इंडियन आइडल’ मा पनि जजको रुपमा सँगै देखिएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री