मंगलबार, १ जेठ २०८१

लिङ्गमा लागु पदार्थको लेप लगाएर मुख मैथुन गराउँदा प्रेमिकाको ज्यान नै गयो

समयपोष्ट २०७५ कार्तिक ५ गते ७:५०

जर्मनीको मेडबर्ग सहरमा एउटा डाक्टरले यौनक्रियाका क्रममा गरेको अस्वाभाविक कामले गर्दा तिनकी प्रेमिकाको ज्यान गएको छ ।

Advertisement

मिडियाहरूमा आए अनुसार आफ्नै प्रेमिकाको हत्याको आरोपमा मुद्दा झेलिरहेका ती डाक्टरले आफ्नो लिङ्गमा कोकिन भन्ने लागु पदार्थको लेप लगाएका थिए । मुख मैथुनका क्रममा अत्यधिक कोकिन सेवन हुन गएका कारण तिनकी प्रेमिकाको ज्यान गएको बुझिएको छ ।

आरोपी ४२ वर्षीय डाक्टर ऐंड्रीज डेभिडमाथि जर्मनीको अदालतमा हत्याको मुद्दा चल्दैछ । यसका अतिरिक्त यी सनकी डाक्टरले यौनक्रियाका क्रममा गरेका अरू थुप्रै अस्वाभाविक कामहरूका कारण पनि उनीमाथि मुद्दाहरू थपिने क्रम जारी छ । उनीसँग सम्बन्ध बनेका अन्य धेरै महिलाहरूले डाक्टरले यौनक्रिया सुरु गर्नुभन्दा पहिले लिङ्गमा कुनै लेप लगाउने गरेको बताएका छन् ।

आरोपी डाक्टरसँग शारीरिक सम्बन्ध राखिसकेका थुप्रै महिलाहरूले समेत उनीमाथि गम्भीर आरोप लगाएका छन् । उनले फरक अनुभवका लागि भन्दै बहुलट्ठी पाराका कामहरू गर्ने गरेको पाइएको छ । एक महिलाका अनुसार ती डाक्टरले यौन क्रियाको क्रममा झुक्याएर कोकिनको अत्यधिक डोज दिने गरेको आरोप लगाएकी छिन् । उनले अत्यधिक कोकिनका कारण उनी दुई पटक कार दुर्घटनामा परेको बताइन् । उनलाई यी दुर्घटनामा निकै चोट लागेको उनी भन्छिन् ।

Advertisement

हाल यी डाक्टरमाथि ३८ वर्षीय महिलाको हत्याको मुद्दा चलाइएको छ । अनुसन्धानमा खटिएको प्रहरी टोलीका अनुसार मुख मैठुनका दौरान ती महिलालाई सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरूले जाँचका क्रममा उनको मुखभित्र कोकिन भेटिएको बताए । ती महिलाको उपचारकै क्रममा मृत्यु भएको र डाक्टरहरूले मृत्युको कारणमा अत्यधिक कोकिन सेवन बताएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री