मंगलबार, १ जेठ २०८१

‘इन्डियन आइडल’ को जजबाट हटाउने तयारी गरेको थाहा पाएपछि आफै हटे अनु मलिक

समयपोष्ट २०७५ कार्तिक ५ गते ७:३०

यौन उत्पीडनको अरोप लागेका संगीतकार अनु मलिक इन्डियन आइडलको १० औँ सिजनबाट हट्ने भएका छन् ।

Advertisement

चार गायिकाले यौन उत्पीडनको अरोप लगाएपछि मलिकले एक बयानमा भनेका छन्, ‘म, अनु मलिक, ले इन्डियन आइडलबाट ब्रेक लिने फैसला गरेको छु किनभने म आफ्नो काममा ध्यान केन्द्रीत गर्न पाइरहेको छैन । च्यानल पनि यो कदमबाट राजी रहेको छ । धन्यवाद ।’

उनी सन् २००४ देखि सोनी एन्टरटेन्मेन्ट च्यानलमा प्रशारित हुने ट्यालेन्ट हन्ट शो इन्डियन आइडलको जज प्यानलमा रहँदै आएका थिए । सोनी टिभीले उनलाई इन्डियन आइडल–१० को जजबाट हटाउने तयारी गरेको समाचारका बीच यो बयान आएको हो ।

सोनी एन्टरटेनमेन्ट टेलिभिजनबाट जारी गरेको बयानमा यस कुराको पुष्टि गरिएको छ ।

टिभी च्यानलले जारी गरेको विज्ञप्तिमा अन्य दुई जज विशाल डडलानी र गायिका नेहा कक्कडलाई साथ दिन अर्को जजको खोजी भइरहेको बताइएको छ ।

Advertisement

अनु मलिकमाथि गायिका सोना मोहपात्रा र श्वेता पण्डित तथा दुई नयाँ गायिकाले यौन उत्पीडनको आरोप लगाएका छन् ।

यता, मलिकका एक वकिलले ‘मीटू’ अभियानलाई उनको चरित्र हत्या गर्न प्रयोग गरिएको दाबी गरेका छन् । मलिकले लगातार आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आइरहेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री