मंगलबार, १ जेठ २०८१

दीपिका र रणवीरको विवाह अर्को महिना,तर दुबै यसकारण बन्दै ट्रोल

समयपोष्ट २०७५ कार्तिक ५ गते ७:१३

अन्तत: दीपिका पादुकोण र रणवीर सिंहले विवाहको मिति सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् । कार्डमा यी दुईको विवाह आगामी १४ र १५ नोभेम्बरमा हुने बताइएको छ ।

Advertisement

तर, कार्डमा भएको एउटा सानो गल्तीका कारण सामाजिक सञ्जालमा उनीहरुलाई निकै ट्रोल गरिँदैछ ।

१० लाइनको कार्डमा दीपिकाको नाम गल्तीले ‘दीपीका’ लेखिएको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरु सोध्दैछन् – आफ्नो नाम कसले गल्ती लेख्छ ? सामाजिक सञ्जालमा यतिबेला यो कार्ड भाइरल भएको छ ।

Advertisement

एक प्रयोगकर्ता सोध्छन्, ‘विवाहको कार्ड पनि आफ्नो नाम कसले गल्ती लेख्छ ?’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘दुई दिनसम्म कसले विवाह गर्छ यार ?’

‘एकै जनासँग दुई फरक–फरक मितिमा विवाह गर्ने मैले कहिले पनि सुनेको थिइनँ । एक मितिमा विवाह गरेर अर्को मितिमा कसैको माइन्ड चेन्ज भयो भने ? यस्तो सम्बन्धलाई कानूनी रुपमा के भन्ने ?’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री