मंगलबार, १ जेठ २०८१

अनु मलिकले मेरो स्कर्ट उठाउन शुरु गरे र आफ्नो पाइन्ट खोले

समयपोष्ट २०७५ कार्तिक ५ गते ६:५९

संगीतकार अनु मलिकमाथि थप दुई महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । मिड डे रिपोर्टका अनुसार यी महिलाहरुले आफ्नो नाम नखुलाई उनीमाथि यौनउत्पीडनको आरोप लगाएका हुन् । यसअघि गायिका सोना महापात्रा र श्वेता पण्डितले यौन उत्पीडनको आरोप लगाएका थिए ।

Advertisement

अनुले मेरो अगाडि पाइन्ट खोले

गायनमा आफ्नो करियर बनाउन संघर्षरत यी महिलाले बयानमा भनेकी छिन् – सन् १९९० को दौरान अनु मलिकलाई म उनको घरमा भेट्न गएको थिएँ ।

उनी सोफामा मेरो छेउमा आएर बसे । त्यतिबेला मलाई लाग्यो, फँसे । किनभने घरमा अरु कोही पनि थिएन ।

उनले मेरो स्कर्ट उठाउन शुरु गरे र आफ्नो पाइन्ट उतारे । मैले उनलाई धक्का दिएर भाग्ने सोँचे तर उनी निकै ताकतवर थिए । म त्यो गर्न सक्दिन थिएँ ।

Advertisement

तर, भाग्यवस त्यतिबेला डोरबेल बज्यो । अनु मलिकले मलाई यो कुरा कसैलाई नभन्न भने ।

त्यसपछि घर पुर्याउने दौरान पनि अनुले ममाथि यौन दुर्व्यवहार गरे ।राती साढे आठ बजेतिर उनले सुनसान मैदानमा कार रोके ।मैले उनलाई ‘तपाईंले यो कहाँ लिएर आउनु भयो ?’ भनेर सोधे । तर, उनले आफ्नो पाइन्टको जीप खोले ।

‘मलाई जान दिनुहोस्’ भन्दा पनि उनले मेरो कपाल पक्डेर ममाथि दुर्व्यवहार गरे ।

त्यतिनै बेला त्यहाँ गार्ड आइपुग्यो । र, म ढोका खोलेर भागे ।

अनुले जबर्जस्ती अंगालो हाले

एक अन्य महिलाले आफूसँग घटेको घटना सुनाउँदै भनेकी छिन् –म अनु मलिकसँग एक स्टुडियोमा भेटेकी थिएँ । उनले मलाई अर्को बैठकमा शिफनको साडी लगाएर आउन भने ।

उनले यस दौरान मलाई मेरो ब्वाईफ्रेन्ड नभएको कारण एक्लो महसुस गर्ने गरेको होला भनेर सोधे । त्यहाँबाट जान लाग्दा उनले मलाई जबर्जस्ती अंगालो हाले ।

स्टुडियो साउन्ड प्रुफ भएको कारण मैले कराए पनि कसैले सुन्दैन थियो ।

जब मैले उनलाई धकेलेर ‘के गर्नुभएको यस्तो ?’ भनेर प्रश्न गर्दा उनले आफू संवेदनशील व्यक्ति भएको र आफ्नो पत्नीबाट सुखी रहेको कुरा सुनाए ।

यसैबीच, इन्डियन आइडलको निर्माता कम्पनीका एक पूर्व कर्मचारीले पनि अनुमाथि यस्तै आरोप लगाएकी छिन् ।

न्युयोर्कमा रहेर काम गर्ने ड्यानिका डिसुजाले इन्डियन आइडलको सेटमा नै आफूमाथि यौनदुर्व्यवहार गर्ने गरेको दाबी गरेकी छिन् ।

अनुको यस्तो हर्कतको बारेमा इन्डियन आइडलका शीर्ष तहलाई थाहा भए पनि उनीहरुले मौनता साँधेको पनि उनले आरोप लगाएकी छिन् ।

सन् २०१० मा इन्डियन आइडलसँग आबद्ध भएकी उनले करिब डेढ वर्ष त्यहाँ काम गरेकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री