मंगलबार, १ जेठ २०८१

यी हुन् बलिउडका महँगा निर्देशक

समयपोष्ट २०७५ कार्तिक ४ गते ३:४९

बलिउड फिल्मले जहिलेदेखि १०० करोडको व्यवसाय गर्न थाल्यो । त्यसदेखि निर्माता÷निर्देशक आफ्नो हरेक फिल्म करोड क्लबमा पुर्याउने रणनीतिमा लाग्न थाले । यो क्लबमा चलचित्र पुर्याउन अभिनेता र अभिनेत्रीबिच मात्र होड चलेन, निर्देशक पनि यो होडबाजीमा देखिए । चलचित्रले १०० करोड कमाउन थालेपछि निर्देशक पनि आफुलाई महँगो रुपमा परिमार्जिन गर्न थाले । बलिउडका ति ५ निर्देशकको चर्चा गर्न खोजिएको छ । जो बलिउडका महँगा निर्देशक हुन् ।

Advertisement

कविर खानः
कविर खान फिल्म निकै सानदार बनाउँछन् । उनी धेरै पारिश्रमिक लिने निर्देशक पनि हुन् । उनी हरहमेसा आफ्नो फिल्मको बारेमा सोच्ने गर्दछन् । उनी निर्देशकको अलवा लेखन र छायाँकार पनि हुन् । कबिर एक बर्षमा ४०० करोड भन्दा बढी कमाउने निर्देशक हुन् ।

रोहित सेट्टीः
रोहित पनि बलिउडका धनी निर्देशक बनेका छन् । उनलाई तीन चलचित्रले यो स्थानमा पुर्याएको हो । उनका फिल्म ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’ र ‘सिंघम स्क्रिन’ उनका महत्वपूर्ण फिल्मका उदाहरण हुन् । उनी बढी कमाउने निर्देशकमा पर्दछन् ।

राजकुमार हिरानीः
हरेक फिल्ममा नैतिक सन्देश दिने राजकुमार हिरानीको बिषेशता नै हो । उनी फिल्ममार्फत युवा र किशोर दर्शकमा पुग्ने कोसिस गर्दछन् । उनले आमिर खानका साथ ३५० करोड भन्दा पनि बढी आम्दानीका लागि प्रेरणात्मक फिल्ममा काम गरिरहेका छन् ।

अरबाज खानः
फिल्मबाट दर्शकको मन जित्ने निर्देशक हुन् अरबाज खान । जसको उदारण दबंगलाई लिन सकिन्छ । धेरै हिट फिल्म नदिए पनि उनी धेरै पारिश्रमिक लिने निर्देशकमा पर्दछन् ।

Advertisement

फरहान अख्तर र जोया अख्तर:
यी दुवैले बलिउडमा राम्रा फिल्म बनाएका छन् । फरहान र जोया दिदीभाई हुन् । यी दुवै एकसाथ लोकप्रिय छन् । दर्शकको मनोरञ्जन ध्यानमा राखेर यी दुवैले फिल्म बनाउने गरेका छन् ।
उनीहरुका फिल्मले बलिउडमा एक नयाँ आयाम बनाएका छन् । यीनको फिल्म ‘दिल चाहता है’ र ‘जिन्दगी नामिलेगी दोबारा’ बलिउडमा सुपरहित साबित भयो । यी दुवै पनि बलिउडमा धेरै कमाउने निर्देशकमा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री