मंगलबार, १ जेठ २०८१

सलमानले भने-मैले पिटेको भए ऐश्वर्या जिवित रहने थिइनन्

समयपोष्ट २०७५ असोज २४ गते १३:११

बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंगले कुनै बेला बलिउड निकै तताएको थियो ।

Advertisement

तर, अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् ।

सलमानले आफूमाथि हातपात गरेको कुरा ऐश्वर्याले सार्वजनिकरुपमै स्वीकारेकी छिन् । यो घटना उनीहरु अफेयरमा रहँदाको हो ।

ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छन्, ‘उनले मलाई अन्य सहकर्मी कलाकारहरुसँग नजिकिएको भनेर शारीरिक र मानसिक आक्रमण गर्थे । भाग्यवश, मेरो शरीरमा कुनै चोटपटक लागेन । त्यसैले म केही नभएजस्तो गरी बसेँ ।’सलमानको टर्चर सहन नसकेर आफूले प्रेम सम्वन्ध तोडेको ऐश्वर्याले बताएकी छन् । तर, त्यसपछि पनि दुख दिन नछोडेको उनी बताउँछिन् । ‘मैले कल रिसिभ नगर्दा उनी आफैंलाई चिथोर्थे,’ ऐश्वर्याले भनेकी छन् ।
तर, सलमान यो कुरा स्वीकार्न तयार छैनन् । अहिले सामाजिक सञ्जालमा आइरहेको एउटा भिडियोमा उनले दिएको जवाफ रोचक छ ।

के तपाईंले कुनै महिलालाई हातपात गर्नुभएको छ ? भनी पत्रकारले सोधेको प्रश्नमा सलमान भन्छन्, ‘हो, एउटी महिला (ऐश्वर्यालाई ईंगित गर्दैं) ले यस्तो आरोप लगाएकी छिन् । यदि साँच्चै मैले हात हालेको भए सायद उनी जिवित रहने थिइनन् । मेरो मुड्की कति बलियो त दुनियालाई थाहा छ ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री