मंगलबार, १ जेठ २०८१

‘छक्का पञ्जा ३ ’आजबाट देशभर

समयपोष्ट २०७५ असोज २४ गते ११:३३

चलचित्र ‘छक्का पञ्जा ३’ आजबाट प्रदर्शनमा आएको छ । ‘छक्का पन्जा’ सिरिजका दुई चलचित्रको सफलता पछि अहिले ‘छक्का पन्जा ३’ ल्याइएको हो ।

Advertisement

‘छक्का पञ्जा ३’ले पनि रेकर्ड बनाउने निर्माण युनिटको दाबी छ । रिलिजका लागि आज सर्वाधिक हल पाएको यो चलचित्रले मल्टिप्लेक्समा समेत अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र चलचित्रको लागि ३० सोज दिइएको छ ।

चलचित्रको केही दिन पहिले बुकिङ खुल्ला गरिएको थियो । ‘छक्का पञ्जा ३’ यो बर्षकै धेरै ब्यवसाय गर्ने चलचित्र हुने धेरैको अनुमान छ । अघिल्ला दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक ब्यवसायको रेकर्ड बनाएका थिए ।

चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाईलगायतको मुख्य भुमिका रहेको छ, भने अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री