मंगलबार, १ जेठ २०८१

मैले होइन, अरु कसैले बलत्कार गर्‍यो होला: आलोकनाथ

समयपोष्ट २०७५ असोज २४ गते ८:१०

फिल्म र टिभी सिरियलमा ‘संस्कारी बाबु’ को भूमिकामा देखिने भारतीय अभिनेता आलोकनाथले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

Advertisement

एक अन्तरवार्तामा उनले भनेका छन्, ‘यदि उनले नै भनेकी भए पक्कै बलात्कार भयो होला । तर मैले होइन अरु कसैले गर्‍यो होला ।’ उनले विनता कुनै बेला आफ्नो राम्रो साथी भएको भन्दै आफूले नै उनलाई आजको स्थानसम्म ल्याएको दावीसमेत गरेका छन् ।

स्मरणीय के छ भने आलोकनाथकी श्रीमती र विनता नन्दा मिल्ने साथी थिए । आफ्नी श्रीमतीको मिल्ने साथीलाई बलत्कार गरेको आरोप खेपेका आलोकनाथलाई सामाजिक सञ्जालमा पनि धज्जी उडाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री