मंगलबार, १ जेठ २०८१

अमिताभपछि सलमान र अक्षयसंग भड्किइन् तनुश्री,बिग बसबारे दिइन् यस्तो प्रतिक्रिया

समयपोष्ट २०७५ असोज २२ गते ६:२९

तनुश्री दत्ताद्वारा नाना पाटेकरमाथि लगाएको यौनहिंसाको मुद्दा आजकाल चर्चामा छ । यो मुद्दामा बलिउड सेलिब्रिटी दुई भागमा बाँडिएका छन् । कतिले तनुश्रीको समर्थन गरिरहेका छन् भने कतिले नाना पाटेरकरको ।

Advertisement

हालै तनुश्रीले एक च्यानललाई दिएको अन्तर्वार्तामा सलमान खानमाथि निशाना साँधेकी छिन् । उनले भनेकी छिन्, कतिले मैले चर्चाका लागि यस्तो गरिरहेको छु भन्ने सोचिरहेका छन् भने कतिले म बिग बसमा देखिन सक्छु भन्दै मेरो खिल्ली उडाइरहेका छन् ।’

अन्तर्वार्ताको क्रममा तनुश्रीले प्रतिप्रश्न गरिन्, ‘तपाईंलाई के लाग्छ, बिग बसमा आउनु मेरो लागि गर्वको कुरा हो ? होइन, म यस्तो मान्दिनँ । तपाईंलाई लाग्ला कि सलमान खान भगवान हुन् र बिग बस स्वर्ग तर मलाई यस्तो लाग्दैन । ’

स्मरण रहोस्, यसअघि अमिताभ बच्चनले तनुश्री–नाना विवादमा मिश्रित प्रतिक्रिया दिएका थिए जसमा तनुश्री भड्किएकी थिइन् ।

सलमानले भनेका थिए, ‘मैले यसबारे सुनैक छैन’:

Advertisement

केही दिन अघि एक स्पोर्टस् इभेन्टको क्रममा जब महिला पत्रकारले सलमान खानसँग तनुश्रीको मुद्दामा प्रश्न सोध्दा उनले भनेका थिए, ‘मलाई थाहा छैन, तपाईंले के बारे कुरा गरिरहनुभएको छ । मैले यसबारे सुनेकै छैन ।’

सलमानले थपे, ‘यो एक स्पोर्टस् इभेन्ट हो त्यसकारण यसैसँग जोडिएका प्रश्न सोध्नुहोस् । ’

बलिउडबाट अहिलेसम्म फरहान अख्तर, ट्विंकल खन्ना, स्वरा भास्कर, सोनम कपुर, ऋचा चड्डा र अनुष्का शर्माजस्ता कलाकारले तनुश्रीको समर्थन गरिसकेका छन् ।

मलाइका पनि तनुश्रीको समर्थनमा उत्रिइन्ः

तनुश्रीको समर्थन गर्दै मलाइकाले जब मानिसले १० वर्षपछि तनुश्रीले किन यसबारे मुख खोलिन् भन्ने प्रश्न गर्छन् तब यसले आफूलाई दुःखी बनाउने गरेको बताइन् ।

उनले भनिन्, ‘म चाहन्छु कि मानिसहरुले यो मामलामा तनुश्रीलाई पूर्ण समर्थन दिउन् । मलाई थाहा छ कि १० वर्ष अघि पनि तनुश्रीले यसबारे कुरा गरेकी थिइन् तर त्यतिबेला उनको कुरा सुनिएको थिएन । उनको मानसिक स्थिती कस्तो थियो होला । त्यतिबेला उनको दिमागमा कस्तो तनाव थियो होला । उनको तनाव उनलाई मात्र थाहा छ । यो मामलामा सबैले तनुश्रीलाई साथ दिनुपर्छ । हामीले के भएको थियो र के थिएन भन्ने बारे सोच्नुपर्छ । यो साथ दिने समय हो ।’

अमिताभले भनेका थिए, ‘म न तनुश्री हुँ न नाना’:

अमिताभलाई जब यो मामलामा प्रश्न सोधिएको थियो तब उनले भनेका थिए, ‘म न त तनुश्री हुँ न नाना पाटेकर, यसको जवाफ किन दिऊँ ।’

अमिताभ बच्चाको यो मिश्रित जवाफमा तनुश्रीले भनेका थिए, ‘ मलाई दुःख छ कि केही मानिसहरु सामाजिक मुद्दामा फिल्म त गरिरहेका छन् तर त्यही मुद्दामा जब बोल्ने समय आउँछ तब चुप हुन्छन् ।’

अक्षय कुमारसँग पनि रिसाएकी छिन् तनुश्रीः

अक्षय कुमार आजकाल नाना पाटेकरसँग फिल्म हाउसफूल–४ को सुटिङ गरिरहेका छन् । यसमा तनुश्रीले भनेकी थिइन्, ‘ती सबैलाई लाज लाग्नु पर्ने हो जो महिलामाथि गलत व्यवहार गर्नेहरुसँग अहिले पनि काम गरिरहेका छन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री