मंगलबार, १ जेठ २०८१

२३ बर्षे मोडलले बुवाको आत्मा निकाल्न आमालाई बेस्सरी कुटेर बाथरुममा थुने,त्यसपछि…

समयपोष्ट २०७५ असोज २२ गते ५:५५

मुम्बईमा भएको फेशन डिजाइनर सुनिता सिंहको हत्यामा पक्राउ परेका २३ वर्षे छोरा लक्ष्यले निकै चकित पारिदिने खुलासा गरेका छन् । मोडल लक्ष्यले पुलिसलाई आफूले जानीजानी आमाको हत्या गर्न चाहेको बताएका छन् । उनका अनुसार उनी आफ्नी आमाभित्र फसेको बुवाको आत्मालाई बाहिर निकाल्न चाहन्थे ।

Advertisement

पुलिसका अनुसार लक्ष्य अक्टोबर चार तारिखमा दिउँसो तीनबजे आफ्ना साथी निखिल राय र प्रेमिका ऐशाप्रिया बेनर्जीसँग आफ्नो फ्ल्याटमा पुगे । पुलिसका अनुसार उनकी प्रेमिका पनि लागुऔषध दुर्व्यवसनी थिइन् । आफ्नी आमासँग कुनै कुरामा बहस भएपछि लक्ष्यले ४९ वर्षीया आमालाई बाथरुमभित्र थुनेर त्यहाँबाट गए ।

ओशिवारा पुलिसले दिएको जानकारी अनुसार त्यसदिन लक्ष्यले एक पंण्डितलाई पनि भेटेका थिए । लक्ष्य ती पंण्डितमार्फत आफ्नी आमाभित्र फसेको बुवाको आत्मालाई बाहिर निकाल्न चाहन्थे ।

पोष्टमार्टम रिपोर्ट अनुसार सुनिताको अनुहारमा गर्धनमा लागेको गहिरो चोटका कारण उनको मृत्यु भएको हो । पुलिसका अनुसार लक्ष्यले क्रसगेट बिल्डिङको तेस्रो तल्लाको आफ्नो फ्ल्याटमा आफ्नी आमालाई बाथरुममा थुन्नु अघि उनलाई अत्यधिक कुटेको स्विकारेका छन् । जब लक्ष्य साढे आठ बजे राती आफ्नो फ्ल्याट फिर्ता भए तब उनकी आमालाई बाथरुमको फ्लोरमा बेहोस अवस्थामा भेटे ।

त्यसपछि उनले आफ्ना साथीलाई फोन गरेर यसबारे सूचित गरे । साथीहरुको सल्लाहमा नै उनले यसबारे पुलिसलाई जानकारी दिए र अस्पताल पुर्याउनका लागि एम्बुलेन्स बोलाए । तर उनको त्यसअघि नै मृत्यु भइसकेको थियो । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री