मंगलबार, १ जेठ २०८१

ऋषि कपुरलाई क्यान्सर भएको हो ?

समयपोष्ट २०७५ असोज १९ गते ६:३०

सोमबार ऋषि र रणधीरकी आमा कृष्णा राज कपुरको हृदयघातका कारण मृत्यु भयो । उपचारका लागि अमेरिका गएका ऋषि कपुर आमाको अन्तिम संस्कारमा पनि उपस्थित भएनन् । श्रीमती नीतू कपुर र छोरा रणबीर कपुर पनि उनीसंगै उपचारका लागि अमेरिका गएका हुँदा उनलाई क्यान्सर भएको आशंका गर्न थालिएको छ । उनी क्यान्सरको तेस्रो स्टेजबाट गुज्रिरहेको र सोनाली बेन्द्रेको उपचार भइरहेको अस्पतालमा नै उनको उपचार भइरहेको बताइएको छ ।

Advertisement

यसैबीच ऋषि कपुरका दाइ रणधीर कपुरले एक इन्टरटेन्मेन्ट साइटसँगको अन्तर्वार्तामा यसबारे जानकारी दिएका छन् ।

उनले भने, ‘ऋषि कपुरको स्वास्थ्य राम्रो छ । उनको परिक्षण बिहीबारदेखि सुरु हुँदैछ । जबसम्म परिक्षण हुँदैन तबसम्म हामीले उनलाई के भएको हो, यकिनका साथ कसरी भन्न सक्छौं । यस्ता अड्कलको पनि पूर्ण रुपमा खण्डन गर्न चाहन्छु । यो हाम्रो लागि निकै दुःखको स्थिती हो । भर्खरै हामीले हाम्री आमालाई गुमाएका छौं । यसैबीच ऋषिको विषयमा विभिन्न अड्कलबाजी गरिन् निकै नराम्रो हो ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री