मंगलबार, १ जेठ २०८१

टाइगर र दिशाको ३ वर्ष लामो प्रेम सम्वन्ध के कारण टुट्यो ?

समयपोष्ट २०७५ असोज १८ गते ७:५२

टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्ध टुटेको छ । प्रेम सम्बन्ध टुट्नुको कारण यहीँ हो भन्ने प्रष्ट भएको छैन । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

पछिल्ला दिनहरुमा टाइगर दिशाको ब्यवहारबाट दिक्क बनेका थिए । टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन् । अरु केटीहरुसंग ठट्टा गरेको दिशाालार्इ मन पर्दैनथ्यो ।

दिशाकै दवावका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो । तर त्यसको ठ्याक्कै विपरित दिशा भने निकै उछृंखल लुगा लगाएर हिड्छिन् र फिल्ममा इन्टिमेट सिन दिन पनि तयार हुन्छिन् ।

मतभेद बढेपछि उनीहरुले यसलाई सुल्झाउने प्रयास नगरेका होइनन् । तर, बारम्बारको छलफलपछि पनि उनीहरुबीच समझदारी कायम हुन सकेन । र, टाइगरले छुट्टनिे प्रस्ताव राखे । दिशा त्यसमा सहमत भइन् । प्रेम टुटे पनि मित्रवत् सम्वन्ध भने कायम राख्न दुवै तयार भएका छन् ।
टाइगर र दिशाले पछिल्लोपटक फिल्म ‘बागी २’ मा सगै काम गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री