बिहीबार, २६ असार २०८२

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

समयपोष्ट २०८० कार्तिक १४ गते ९:०१

Advertisement

स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत (कर सहित) ले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रति शेयर १९ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री