एनआईसी एशिया लघुवित्तले घोषणा लाभांश
समयपोष्ट
२०८० कार्तिक २ गते १२:०३
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीर्ला १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
१ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले १५ प्रतिशतले हुने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया