सोमबार, ३० असार २०८२

आईपीओ जारी गर्न जगदम्बा स्टिल्ससहित पाँच कम्पनीको आवेदन

समयपोष्ट २०८० असोज २५ गते १०:३८

Advertisement

जगदम्बा स्टिल्ससहित पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्काशनको माग गर्दे आवेदन बुझाएका छन् ।

बोर्डमा याम्बालिङ हाइड्रोपावर, एपेक्स हस्पिटालिटी, माविलुङ इनर्जीर एसवाई प्यानल नेपालले आवेदन बुझाएका हुन् ।

जगदम्बा स्टिल्सले प्रिमियममा ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत २०० रुपैयाँ थप गरी प्रतिशेयर ३०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले पाएको छ। जगदम्बा स्टिल्सले असोज १७ गते बोर्डमा आवेदन दिएको हो ।

याम्बालिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न असोज १० गते बोर्डमा आवेदन दिएका हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा असोज १२ गते निवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

माविलुङ हाइड्रोपावर लिमिटेडले लक्ष्मी क्यापिटलको बिक्री प्रबन्धकत्वमा आईपीओ निष्काशन गर्न असोज १४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ९० हार ५३० कित्ता शेयर निष्काशन गर्नेछ।

त्यसैगरी, एसवाई प्यानल नेपाल लिमिटेडले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न बोर्डमा असोज १९ गते आवेदन दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री