बिहीबार, ८ साउन २०८२

तीन सय स्थानीय तहले तिरेनन् विद्युत महसुल, ६ अर्ब बढी बक्यौता

समयपोष्ट २०८० असोज २१ गते ११:२९

नेपाल विद्युत प्राधिकरणले बिजुली महसुल नतिर्ने स्थानीय तहलाई बक्यौता शुल्क बुझाउन आग्रह गरेको छ।

प्राधिकरणले सुचना जारी गर्दै सडक बत्तीको विद्युत महसुल नतिर्ने करिब ३०० स्थानीय तहलाई ४५ दिन भित्र महसुल बुझाउन आग्रह गरेको हो । तोकिएको समयभित्र महसुल नबुझाए कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।

देशभर ७५३ वटा स्थानीय तह छन्। महसुल नतिर्नेमा काठमाडौं, पोखरा, विरगंज, ललितपुर, भरतपुर र विराटनगर महानगरपालिकासमेत रहेका छन्। यस्तै, धरान, तुल्सीपुर उपमहानगरसँगै अन्य नगर र गाउँपालिकाले पनि बक्यौता तिरेका छैनन्। सबै स्थानीय तहको गरेर ६ अर्ब भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

यी हुन् महसुल बुझाउन बाँकी स्थानिय तह

प्रतिक्रिया

सम्बन्धित सामाग्री