मंगलबार, १ जेठ २०८१

यस्तो आयो एनसीसी बैंकको वित्तिय विवरण

समयपोष्ट २०७९ कार्तिक ७ गते १०:२७

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समिक्षा अवधिमा बैंकको खुद नाफा ०.२४ प्रतिशत घटेको छ। बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत र कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेको छ। जसले गर्दा बैंकको खुद नाफामा केही दबाब पुगेको हो।

एनसीसी बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ ।

बैंकको जगेडा कोष ९.४० प्रतिशत बढेको छ भने निक्षेप ५.६१ प्रतिशत र कर्जा ६.१९ प्रतिशत घटेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री