मंगलबार, १ जेठ २०८१

८५.०७ प्रतिशतले बढ्यो कुमारी बैंकको खुद नाफा

समयपोष्ट २०७९ कार्तिक ७ गते १०:२२

Advertisement

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

समिक्षा अवधिमा बैंकको नाफा ८५.०७ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ।

बैंकको जगेडा कोष समिक्षा अवधिमा १५.४४ प्रतिशत र कर्जा २.१४ प्रतिशत बढेको छ । निक्षेप १.५८ प्रतिशत घटेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री