सोमबार, १७ वैशाख २०८१

रकम हिनामिना भएको घटनाबारे बोल्यो माछापुच्छ्रे बैंक

समयपोष्ट २०७९ असोज ३० गते ११:४५

Advertisement

माछापुच्छ्रे बैंकले आफ्नो शाखा रहित ग्राहक सेवा केन्द्र बाट रकम हिनामिना भएको समाचार बारे ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले एक विज्ञप्ती जारी गर्दै विभिन्न संचारमाध्यममा ग्राहकहरुले बैंकमा रकम जम्मा गरेको भौचर भएको तर बैंकमा पैसा नभएको गुनासो गरेको समाचार प्रकाशन भएको भन्दै सो बारे ध्यानाकर्षण भएको जनाएको हो ।
बैंकका अनुसार बैंकले रुपन्देही जिल्ला, समरीमाई गाउँपालिका, वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न.पा., वडा नं. २, मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्र (बिएलबि माफत सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य सहित क्रमश: निरन्जन पाठक र सिकन्द्र ठाकुर व्यबसायिक प्रतिनिधी नियुक्त भई कारोबार भई आएको थियो ।

तर निरीक्षणको क्रममा उक्त ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरुबाट भएको कार्यमा कैफियत देखिए पछि उक्त सेवा बन्द गरिएको बैंकले जनाएको छ । उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा निज प्रतिनिधिहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरित रहेकोमा निज प्रतिनिधिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी समेत दिईसकेको बैंकले जनाएको छ।

निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैले खाए मासेको व्यवहोरा लिखित रुपमा नै स्वीकार गरी सकेको र निज प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने बैंकले जनाएको छ। सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकृया शुरु भईसकेको जानकारी गराउँदै बैंकले उक्त कार्यबाट पिडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागि हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री