सोमबार, १७ वैशाख २०८१

कुमारी बैंकको लाभांश स्वीकृत

समयपोष्ट २०७९ असोज ३० गते ७:४५

Advertisement

कुमारी बैंकको लाभांश स्वीकृत भएको छ ।

राष्ट्र बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा बैंकले प्रस्ताव गरेको १२.५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८-०७९ को वितरणयोग्य मुनाफाबाट कर सहित १२.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेसँगै बैंकलाई साधारणसभा बोलाउने बाटो खुलेको हो । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। बैंकले यस पटक बोनस शेयर बितरण नगरी नगद लाभांश मात्र बितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३ सय २६ रुपैयाँ रहेको छ ।

हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रक्रियामा रहेको कारण बैंकको कारोबार रोक्का रहेको छ ।

राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो । सिटिजन्स बैंक राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने र साधारणसभा आह्वान गर्ने पहिलो बैंक हो ।

आफ्ना देशव्यापी १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिदै आएको कुमारी बैंकले आगामी दिनमा पनि झन् प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री