सोमबार, १७ वैशाख २०८१

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

समयपोष्ट २०७९ असोज २७ गते १७:०९

Advertisement

माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ ।

यस सेवा मार्फत विदेश बाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछन् ।

यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन् । उक्त सेवा मार्फत स्वदेश र विदेश बाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछन् ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री