शुक्रबार, १४ वैशाख २०८१

बाढीका कारण गुलरिया–नेपालगञ्ज सडकमा अवतजावत बन्द

समयपोष्ट २०७९ असोज २० गते १८:४२

Advertisement

तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ ।

पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिनुभयो ।

गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम जारी छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री