मंगलबार, ११ वैशाख २०८१

कानुनी राज्य बलियो बनाउन लागौं : प्रधानमन्त्री

समयपोष्ट २०७३ कार्तिक ८ गते ९:४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनी राज्य बलियो बनाउन सबै पक्ष मिलेर लाग्नुपर्नेमान जोड दिएका छन् ।  

Advertisement

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिव र सम्वद्ध अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा दाहालले कानुनी राज्य बलियो बनाउन सबै पक्ष मिलेर लाग्नुपर्नेमान जोड दिएका हुन् । 

बैठकमा प्रधानमन्त्री दाहालले काम गर्न खोज्दा आउँने  विभिन्न अवरोध र दवावका बाबजुद देशलाई केही दिने संकल्प गर्नपर्ने र  त्यसका लागि दृढ संकल्पका साथ कानुनी राज्य बलियो बनाउन  सबै पक्ष लाग्नुपर्ने बताए । 

प्रधानमन्त्रीले गैरकानुनी राज्यले कानुनी राज्य कमजोर बनाएको भन्दै त्यसलाई चिर्न नयाँ संकल्प जरुरी भएको समेत उल्लेख गरे । 

उनले सरकार कानुनी राज्य बलियो बनाउनका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न तयार रहेको र त्यसको लागि सबै पक्ष मिलि  देशलाई साक्षी राखेर परिणाम निकाल्नुपर्ने बताए । 

त्यस्तै बैठकमा प्रधानमन्त्री दाहालले काठमाडौं, ललितपुर र भक्तपुरको विकास एवं प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक काम गर्न निर्देशन समेत दिए ।  

बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा अंगका अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री