शुक्रबार, १४ वैशाख २०८१

अब सबै पत्रकारहरुलाई फ्ल्याट

समयपोष्ट २०७३ कार्तिक ७ गते १५:४४

काठमाडौं – सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सबै पत्रकारहरुलाई फ्ल्याटको व्यवस्था गरिदिने बताएका छन् ।

Advertisement

प्रेस सेन्टर ललितपुर शाखाले आइतबार आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री कार्कीले सबै पत्रकारहरुलाई फ्ल्याटको व्यवस्था गरिदिने बताएका हुन् ।

चियापानमा  मन्त्री कार्कीले एउटा ठूलो जग्गा लिएर त्यहाँ घर बनाएर सबै पत्रकारहरुलाई किस्ताबन्दीमा फ्ल्याट लिने योजना रहेको बताए ।

कार्यक्रममा  बोल्दै मन्त्री कार्कीले भने  , ‘एउटा ठूलो जग्गा लिएर त्यहाँ घर बनाएर सबै पत्रकारहरुलाई किस्ताबन्दीमा फ्ल्याट लिने मेरो योजना रहेको छ ।’  

मन्त्री कार्कीले  सहज किस्ताबन्दीमा फ्ल्याट उपलब्ध गराएर पत्रकारहरुलाई बस्ने ठाउँको प्रबन्ध सरकारले गर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री