बिहीबार, १३ वैशाख २०८१

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज २ बजे सानेपामा बस्दै

समयपोष्ट २०७३ कार्तिक ४ गते ५:३१

 काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक  आज पार्टी केन्द्रीय कार्यालय सानेपामा २ बजे बस्ने  भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

Advertisement

संविधान संशोधन र स्थानीय तह निर्धारणको विषयमा मतमतान्तर बढिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
संविधान संशोधन लगायतका विषमा संस्थागत निर्णय गर्नुपर्ने भन्दै नेता रामचन्द्र पौडेल पक्षले बैठक बोलाउन सभापति देउवासँग माग गरेको थियो ।

संविधान संशोधनका विषयमा पार्टीभित्र एकमत बनाई अरुदलसँग सहतिका लागि समन्वय गर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

गाउँपालिका र नगरपालिकाको सीमा र संख्याबारे पार्टीको तल्लो निकायवाट तयार भएका तीनवटा अलग-अलग प्रतिवेदन प्रस्तुत भइ बैठकले स्थानीय तर निर्वाचनबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्ने भएको छ ।

वैठकमा केन्द्रीय सदस्य पूर्णबहादुर खड्का संयोजक रहेको सातै प्रदेशमा खटाइएका केन्द्रीय सदस्यले तयार पारेको प्रतिवेदन, कांग्रेसका सांसदको बैठकले तयार पारेको प्रतिवेदन र ७५ वटै जिल्ला सभापतिको सम्मेलनले पारित गरेको प्रस्तावलाई प्रस्तुत गरिनेछ । त्यसमा छलफलपछि कांग्रेसले आफ्नो धारणा सर्वजनिक गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री