बिहीबार, १३ वैशाख २०८१

यि हुन् दिशा अनुसारका देवता र यसले मानिसमा पार्ने प्रभाव

समयपोष्ट २०७३ कार्तिक २ गते ११:४०

 

Advertisement

हिन्दु धर्मका अनुसार हरेक दिशामा एउटा देवता नियुक्त गरिएको हुन्छ जसलाई दिग्पाल भनिन्छ । दिग्पाल अर्थात दिशाका पालनहार ,दिशालाई रक्षागर्ने वाला। प्रत्येक मानिस जब हिड्नको लागि कदम बढाउछ त कुनै न कुनै दिशामा उसले पाईला अगाडी बढाउँदछ । विना दिशा कोहि पनि चल्नै सक्दैन । 
हावालाई पनि हावा वहने दिशा अनुसार फरक फरक नाम दिइएको हुन्छ । हरेक दिशामा दिशा अनुसार फरक फरक देवताहरुको वासस्थान रहेको हुन्छ ।

उत्तर दिशाका स्वामी कुँवेर हुन् जसलाई धनका स्वामी मानिन्छ । जसले आर्थिक ,बैवाहिक सम्वन्ध र स्वास्थ्यमा प्रभावित गर्दछ ।

उत्तर पुर्व (ईशान कोण) का देवता सुर्य हुन् । सुर्यलाई रोशनी ,उर्जा तथा प्राण शक्तिका मालिकका रुपमा लिईन्छ । यसले जागरुकता र बुद्धिलाई प्रभावित पार्दछ ।

पुर्व दिशाका देवता देवराज इन्द्र हुन् । आम रुपमा सुर्यलाईनै यस दिशाको स्वामी मानिन्छ । प्रत्यक्ष रुपमा सम्पुर्ण विश्वलाई उर्जा र रोशनी दिने सुर्यनै हुन् । तर वास्तुका अनुसार इन्द्रले यसको प्रतिनिधित्व गर्दछन् । जसबाट सुख ,सन्तोष र आत्मविश्वास प्रभावित हुनेगर्दछ ।

दक्षिण पुर्व (अग्रेय कोण) का देवता अग्रि देव हुन् । जसले अग्रि तत्वको प्रतिनिधित्व गर्ने गर्दछन् । यसबाट पाचन शक्ति ,धन र स्वास्थ्य प्रभावित हुन्छ । 

दक्षिण दिशाका देवता यमराज हुन् । जसले मृत्यु दिने काम गर्दछन् । यिनलाई धर्मराज पनि भन्ने गरिन्छ । धर्मराजलाई प्रशन्न बनाउँदा धन ,सफलता,खुसि र शान्ति प्राप्त हुन्छ ।

दक्षिण पश्चिम दिशाका स्वामी निरती हुन् । उनलाई दैत्यहरुका स्वामी पनि भन्ने गरिन्छ । यस दिशाबाट आत्म शुद्धता,सम्वन्धमा सहयोग तथा मजबुति र आयु प्रभावित हुन्छ । 

पश्चिम दिशाका देवता वरुण देव हुन् । वरुणलाई जलतत्वका स्वामी भन्ने गरिन्छ । यिनले वर्षा गर्ने र रोक्ने कार्य सञ्चालित गर्ने विश्वास गरिन्छ । जसबाट सौभाग्य ,समृद्धि एवं पारिवारिक एश्वर्य तथा सन्तान प्रभावित हुन्छन् ।

उत्तर पश्चिमका देवता पवन देव हुन् । यिनलाई हावाको स्वामी मानिन्छ । जसबाट सम्पुर्ण विश्वमा वायु तत्व सञ्चालित हुने गर्छ । यस दिशाले  विवेक,जिम्मेवारी ,योग्यता,योजना र सन्तानमा प्रभाव पार्दछ । 

यसप्रकार वास्तु शास्त्रमा निर्धारण गरिएका दिशाले पञ्च तत्व सञ्चालनमा अहं भुमिका निवार्ह गरेको हुन्छ । यही पञ्च तत्वबाट बनेका मानव जातिले दिशा अनुकुल कार्य गर्दा  सफलतामा पुर्याउदछ । 

दश दिशा र दश दिग्पाल 

दश दिशाको दश दिग्पाल यानि प्रत्येक दिशाको एक देवता नियुक्त भएका हुन्छन् ।

दिशा उर्ध्व, ईशान, पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर र अधो हुन् ।  एक मध्य दिशा पनि हुने गर्छ । यसरी दिशा एघार मानिन्छ । 
दिशाका देवताहरुमा उर्ध्व का ब्रह्मा, ईशान का शिव व ईश, पूर्व का इंद्र, आग्नेय का अग्नि या वह्रि, दक्षिण का यम, नैऋत्य का नऋति, पश्चिम का वरुण, वायव्य का वायु  वामारुत, उत्तर का  कुबेर  र अधो का अनंत हुन् ।

वास्तु अनुसार दिशाको महत्व
 उर्ध्व दिशा : उर्ध्व दिशा का देवता ब्रह्मा हुन् । यो दिशाको सबैभन्दा बढी महत्व छ । आकाशनै  ईश्वर हुन् । जो व्यक्ति उर्ध्व मुख बनाएर प्रार्थना गर्छ उसको पुकार भगवानले छिट्टै सुन्छन् । वेदमा भनिएको छ माग्नु छ त ब्रह्म र ब्रह्मांडसंग माग । अरुसंग होइन । उसंग माग्नाले सबथोक मिल्छ । , 
वास्तु : घरको छत, , झ्याल र विचको स्थानले यो दिशाको प्रतिनिधित्व गर्दछन् । आकाश तत्वले मानिसको आत्मामा शान्ति मिल्दछ । यस स्थानमा ढुंगा फाल्नु,थुक्नु,पानी छ्याप्नु,चिच्चाउनु र उर्ध्व मुख गरेर गाली दिनु हुदैन । यसको परिणाम घातक हुन्छ ।

 ईशान दिशा : पुर्व र उत्तर दिशा मिल्दछ त्यो स्थानलाई ईशान दिशा भनिन्छ । वास्तु अनुसार घरमा यो स्थानलाई ईशान कोण भनिन्छ । भगवान शिवको अर्को नाम ईशान पनि हो । किनकि भगवान शिवको आधिपत्य उत्तर पूर्व दिशामा हुने हुदा सो दिशालाई ईशान कोण भनिएको हो । यस दिशाका स्वामी ग्रह बृहस्पति र केतु मानिएको छ ।

वास्तु :  घर, शहर र शरीर को यो हिस्सा सबैभन्दा पवित्र हुने हुँदा यस हिस्सालाई सफा स्वच्छ र खाली राख्नुपर्दछ । यस स्थानमा जलको स्थापना जस्तो बोरिंग,इनार पानीको ट्यांकी राख्न सकिन्छ। यसको अलावा यस स्थानलाई पुजा गर्ने ठाउँ पनि बनाउन सकिन्छ । यस ठाउँमा फोहोर सामानहरु ,ट्वाइलेट,किचन,फलामका सामानहरु राख्नु वा बनाउनुहुदैन । यसले धन सम्पत्तिको हानि नोक्शानी गर्दछ । 

पूर्व दिशा : यस दिशाका देवता ईन्द्र र स्वामी सुर्य हुन् । पूर्व दिशा पितृस्थान को द्योतक मानिन्छ ।
वास्तु : घर की पूर्व दिशामा केही खुला स्थान हुनुपर्दछ । घर अथवा सहर दुवैको पुर्वी क्षेत्र सफा स्वच्छ हुनुपर्दछ । यस स्थानमा झ्याल, ,ढोका राख्न सकिन्छ । तर यो दिशामा केही रोकावट भने हुनु हुदैन । यस स्थानमा घरका वरिष्ठ ब्यक्तिको कोठा हुनुहुदैन । यस स्थानमा सिढी पनि बनाउँनुहुदैन ।  

आग्नेय दिशा : दक्षिण र पूर्व को  मध्य दिशालाई आग्नेय दिशा भनिन्छ ।यो  दिशाका अधिपति  अग्निदेव हुन् । शुक्र ग्रह  यस दिशाका स्वामी हुन् ।
वास्तु : घरमा यस दिशामा भान्सा अथवा अग्नी सम्बन्धी उपकरणहरु राख्ने ठोँ बनाउँदा उत्तम हुन्छ । घरमा आग्नेय कोणको वास्तुसम्वत बनाउँनु स्वास्थको लागि निकैनै आवश्यक मानिन्छ । आग्नेय कोणमा सुत्ने कोठा र पढाई कक्ष हुनुहुदैन । यस स्थानमा घरको ढोका पनि निमार्ण गर्नुहुदैन । यसले घरमा कलह र स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ । 

 दक्षिण दिशा : दक्षिण दिशाका  अधिपति देवता हुन् भगवान यमराज। दक्षिण दिशामा  वास्तु  नियमानुसार निर्माण गर्दा  सुख, संपन्नता र समृद्धि प्राप्त हुन्छ ।
वास्तु : वास्तु अनुसार दक्षिण दिशामा मुख्य द्धार हुनुहुदैन । यस दिशामा घरको भारी सामानहरु राख्नुपर्दछ । यो स्थान खाली राख्नुहुदैन ।  यस दिशामा झ्याल र ढोका राख्नुहुदैन । 

नैऋत्य दिशा : दक्षिण र पश्चिम दिशाको मध्य स्थान लाई नैऋत्य भनिन्छ । यो दिशा नैऋत देवको आधिपत्यमा रहेको हुन्छ । यस दिशाका स्वामी राहु र केतु हुन् ।
वास्तु : यो दिशामा पृथ्वी तत्वको  प्रमुखता हुने हुँदा यस स्थानलाई अग्लो र  भारी राख्नुपर्दछ । यस दिशामा ढोका हुनुहुदैन । साथै पानीको ट्यांकी इनार पनि बनाउँनुहुदैन । 

पश्चिम दिशा : पश्चिम दिशाका देवता, वरुण देवता हुन् भने शनि ग्रह यस दिशाका स्वामी । यस दिशा प्रसिद्धि, भाग्य र ख्याति को प्रतीक हो।  यस दिशामा घरको मुख्य ढोका हुनुपर्दछ ।
वास्तु : पश्चिम दिशामा घरको मुख्य द्धार हुनुपर्दछ । साथै यसलाइृ राम्रो तरिकाले सजाउनुपर्दछ । ढोकामा गाडा रंग लगाउनुपर्दछ । यो दिशामा ट्वाइलेट,बाथरुम,बेडरुम,हुनुहुदैन । 

वायव्य दिशा : उत्तर र पश्चिम दिशा को मध्य भागमा वायव्य दिशा रहेको हुन्छ । यस दिशाका  देव वायुदेव  हुन् भने यस दिशामा वायु तत्वको प्रधानता रहेको हुन्छ ।
 वास्तु :यस दिशाले छिमेकी,साथीभाई र आफन्तहरुको सम्वन्धमा प्रभाव पार्दछ । यस दिशामा कुनै पनि कुराको रोकतोक हुनुहुदैन भने यसलाइृ सधै खाली राख्नुपर्दछ । 

 उत्तर दिशा : उत्तर दिशाका अधिपति  रावण का भाई कुबेर हुन् । कुबेरलाई धनका देवता भनिन्छ । बुध ग्रह उत्तर दिशाका स्वामी हुन् । यस दिशालाई मातृ स्थान पनि भनिन्छ ।
 वास्तु : उत्तर अथवा ईशान दिशामा घरको मुख्य द्धार हुनु उत्तम मानिन्छ । यस स्थानलाई खाली राख्नु अथवा कच्चा भुमि छोडिदिनाले धन र समृद्धिमा बढोत्तरी हुन्छ ।यस स्थानमा ट्वाइलेट,भान्सा बनाउँदा अथवा फोहार थुपार्दा धन नास हुन्छ भने दुभाग्य आईपर्छ । 

 अधो दिशा :अधो दिशाका  देवता  शेषनाग  हुन् जसलाई अनंत पनि भनिन्छ । घर  निर्माण गर्नु पूर्व धरतीको वास्तु शान्ती गर्ने गरिन्छ । 
वास्तु :भूमि भित्रको माटो पहेंलो छ भने त्यो अति भाग्यबर्धक मानिन्छ । घरको भुमि सधै सफा स्वच्छ हुनुपर्दछ । जुन भुमि पुर्वी  दिशा अथवा आग्नेय कोणमा अग्लो र पश्चिम अथवा वायव्य कोणमा होचो हुन्छ यस्तो भुमिका निवास गर्ने मानिसको सबै कष्ट दुर हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री