बिहीबार, २० वैशाख २०८१

स्मार्टडोकोको हाम्रो स्मार्ट तिहार अफर सार्वजनिक

समयपोष्ट २०७८ कार्तिक १२ गते २०:०३

Advertisement

स्मार्टडोकोले तिहारको अवसरमा हाम्रो स्मार्ट तिहार अफर ल्याएको छ।

यस अफर अन्तर्गत स्मार्टडोकोले यो तिहारमा ग्राहकलाई स्मार्टडोकोबाट सामसुङ्ग, बाल्ट्रा, अक्जेमबर्ग, सिजि, टिपटप, ब्ल्याक, डेकर हर्नबुल, भिरजिन्स, लुमिनार्क जस्ता ब्रान्डका समानहरु खरिद गरेमा ६० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। ग्राहकहरुले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेबसाइट तथा एप बाट डाउनलोड गर्न सक्नेछन् ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिडका लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामाग्रीहरुबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

Advertisement

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरी र रिङरोड भन्दा बाहिर निकै कम शुल्क मा सामान डेलिभरी सुविधा पाउन सक्नेछन्।

यो अफर १२ कार्तिक देखि १६ कार्तिक सम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री