शनिबार, १५ वैशाख २०८१

राजधानीका अस्पतालमा चाप बढ्याे

पत्रपत्रिका २०७८ कार्तिक ११ गते ७:०७

Advertisement

बर्षायाम सकिएर हिउँदयाम सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी पनि बढ्दै गएको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ ।

जसका कारण पछिल्ला दिनमा उपचारका लागि अस्पताल आउने बिरामीको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि केही दिन यता ननकोभिडका विरामीको संख्या वृद्धि भएको छ । अस्पतालका डाक्टर निरज बमले दिएको जानकारी अनुसार दिनमा औषतमा एकसय जनाको दरले मौसमी खालका बिरामीहरु उपचारका लागि आफूकहाँ आउने गरेको बताउनुभएको छ ।

यसरी बिरामीहरु उपचारका लागि आउँदा बेड अभाव भएकाले एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको उहाँको भनाइ छ । अहिले बेड अभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीहरुलाई औषधि दिएर घर पठाइएको उहाँ बताउनुहुन्छ ।
अस्पतालको आकस्मिक कक्ष पनि नन कोभिडका बिरामीले भरीएको उहाँले सुनाउनुभयो ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि हिउँदयाम लागेसँगै मौसमी खालका बिरामीहरु बढेको बताउनुभएको छ । अस्पतालमा आउने बिरामीहरुमा रुघा,खोकी,ज्वरो सँगै डेंगुका विरामी पनि आउने गरेका उहाँले सुनाउनुभयो ।आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री