शनिबार, १५ वैशाख २०८१

कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर चुनावमा जानुपर्छ : मुख्यमन्त्री शाक्य

समयपोष्ट २०७८ कार्तिक ३ गते १४:३१

Advertisement

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट पार्टीबीच पुनः एकता गरेर आगामी निर्वाचनमा होमिनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको आज यहाँ उद्घाटन सत्रमा बोल्दै उहाँले जनादेश बमोजिम पुनःसशक्त एमाले बनाएर छिन्नभिन्न कम्युनिष्टलाई एकतामा ल्याई समृद्धि र समाजवादको यात्रामा लाग्नुपर्ने बताउनुभयो ।

“एमाले फुट्नु आवश्यक थिएन । एमाले फुटनुमा कार्यकर्ताको दोष छैन”, उहाँले भन्नुभयो । मुख्यमन्त्री शाक्यले प्रदेश सरकार विपद् व्यवस्थापन कोष स्थापना गरेर बाढीपहिरामा परेकालाई सहयोग उपलब्ध गराइरहेको जानकारी दिदैं आफूहरुले मन्त्रीको आचारसहिंता बनाएर काम गरिरहेको बताउनुभयो ।

बैठकमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम महर्जन (ललितपुर) र झङक कँडेल (रामेछाप) एमालेमा प्रवेश गर्नुभएको एमाले वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री