लगातार चारपटक भूकम्प
समयपोष्ट
२०७८ कार्तिक २ गते १०:०५
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर लगातार चारपटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा भूकम्पहरु गएका थिए ।
त्यसपछि ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया