शुक्रबार, १४ वैशाख २०८१

‘चीन, नेपाल र भारत वीचको त्रिदेशीय साझेदारीको राम्रो संभावना छ’

समयपोष्ट २०७३ असोज ३० गते ११:०८

सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले चीन, नेपाल र भारतवीको त्रिदेशीय साझेदारीको राम्रो संभावना रहेको बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वअर्थमन्त्री समेत रहेका उनले भने,‘त्रिपक्षीय साझेदारीको लागि नेपाल महत्वपूर्ण कोरिडोर बन्न सक्छ, यो कुरामा म पनि सहमत छु ।’
उनले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने स्पष्ट पारे । डा. महतले ब्रिक्स सम्मेलनमा नेपालले द्धिपक्षीय भेटवार्ता गर्ने उपयोगिता बाहेक अन्य उपलब्धि हासिँल  गर्न नसक्ने बताएका हुन् । डा. महतले भने,‘नेपाल ब्रिक्सको सदस्य राष्ट्रपनि होईन, त्यसैले यसमा हामीले ठूलो अपेक्षा गर्नुभन्दा पनि द्धिपक्षीय महत्वपूर्ण भेटवार्ताका उपयोगिताहरु हुन सक्छन्, त्यसबाहेक अरु त के नै हुन्छ र ?’
डा. महतले सम्मेलनमा भाग लिँदैमा केही नहुने तर्क गरेका छन् । उनले अघि थपे,‘पहिलो कुरा राष्ट्र बलियो हुनुपर्छ, नेपालले त चीन र भारतसँगको सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ ।’
यद्धपी उनले ब्रिक्स आँफैमा मार्केट नभएको दाबी गरे । उनले भने,‘ब्रिक्सले अहिले आकार लिईसकेको छैन, यो फर्मैशन नै भएको छैन् ।’ उनले नेपालले द्धिपक्षीय साझेदारीको विषयमा बढि ध्यान दिनुपर्ने औंल्याए । महतले थपे,‘ब्रिक्सका अन्य सदस्य राष्ट्रहरु धेरै टाढाको विषय हो, हामीले भारत र चीनसँग विशेष ध्यान दिनुपर्छ, हाम्रो बजार भनेको नै यी दुई छिमेकी हुन्, यसमा हामीले विशेष जोड दिनुपर्छ ।’ 
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको दुई महिना नबित्दै भारत भ्रमणमा जाने, उपप्रधानमन्त्रीहरुलाई दुत बनाएर पठाउने र फेरि भ्रमणमा निस्किएकोप्रति ईंगित गर्दै भने,‘यी कुराहरु पनि ठिकै होलान्, तर राष्ट्रिय समस्याको हल त गर्नुपर्यो नि, हाम्रो आर्थिक स्थिति बलियो त हुनुपर्यो नि ?’ महतले पहिलो प्राथमिकतामा सरकारले आन्तरिक कुरालाई ध्यानमा राख्नुपर्ने बताए । 
महतले थपे,‘बाहृय भन्ने कुरा त सद्भाव र अन्र्तराष्ट्रिय सम्बन्ध सुधार तथा सुमधुर कायम गर्नको लागि हो नि, मूलः कुरा हाउस वर्डरमा राख्नुपर्छ ।’ 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री