शनिबार, ८ वैशाख २०८१

एप्पल वर्ल्डको दशैं –तिहार डबल अफर

समयपोष्ट २०७३ असोज २० गते ५:३३

एप्पल वल्र्ड मोबाइलले दशैं तथा तिहारको अवसरमा मोबाइल खरीदमा ‘दशैं–तिहार डबल अफर’ उपहार योजना ल्याएको छ । एप्पल वल्र्ड मोबाइलले ग्राहकलाई स्कुटर लगायतका उपहार प्रदान गर्ने जनाएको छ । मोवाइलले एक जनालाई प्रथम पुरस्कार यामाहाको फसिनो स्कुटर, दोस्रो पुरस्कार सामसुङको ४० इञ्चको एलइडी टेलिभिजन र तेस्रो पुरस्कारमा हुवावेको पि९ स्मार्टफोन बितरण प्रदान गर्ने जनाएको छ ।

Advertisement

यो राजधानीको दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको छ । यसैगरि, सान्त्वना पुरस्कार स्वरुप नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीहरुका एक÷एक सेट बितरण गर्ने जनाएको छ । विभिन्न मोबाइल कम्पनीले दिएका बिभिन्न अफर, स्क्र्याच, लक्की ड्र सँगै एप्पल वल्र्डले थप अफर दिएर डबल अफर बनाएको सेल्स मेनेजर दिपिका थापा मगरले जानकारी दिइन् । यस्तै, एलजीको एल ६०, एलबेलो, इन्टेक्सको स्टार २ लगायताका बिभिन्न कम्पनीका भिन्न मोबाइल सेटमा ५० प्रतिशत सम्म छुट पनि दिने भएको छ । यो छुट योजना स्टक रहुन्जेलसम्म लागु हुने एप्पल वल्र्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री