बिहीबार, १५ चैत २०८०

शिखर इन्स्योरेन्सले ६० प्रतिशत वोनस सेयर दिने

समयपोष्ट २०७३ असोज १८ गते ६:२८


काठमाडौं । शिखर इन्स्योरेन्सले ६० प्रतिशत वोनस सेयर दिनेभएको छ ।

Advertisement

 इन्स्योरेन्सले ६३.१५७८ प्रतिशत लाभांस घोषणा गरेसंगसंगै  ६० प्रतिशत वोनस सेयर दिनेभएको हो  ।

बाँकी कर प्रयोजनका लागि भने नगद लाभांस दिने घोषणा गरेको छ । वोनस सेयरपछि कम्पनीको चुक्ता पुँजीमा ३० करोड ३५ लाख रुपैयाँ  थपिने छ ।

५० करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४५ करोड ९४ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक बर्ष ३१ करोड रुपैयाँ नाफा गरेको थियो ।

नाफा र जगेडा कोषबाट कम्पनीले वोनस सेयर जारी गर्न लागेको हो ।कम्पनीले घोषणा गरेको लाभांस बिमा समितिले स्वीकृत गर्न भने बाँकी छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री