बिहीबार, १५ चैत २०८०

एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठग्न खोज्ने पक्राउ

समयपोष्ट २०७३ असोज १६ गते ७:४०

 

Advertisement


काठमाडौं– एमबीबीएस अध्ययन गर्दै गरेकी एक युवतीलाई परीक्षामा पास गराइदिने भन्दै रकम असुल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुतलीसडक स्थित वर्ल्ड वाइड कन्सल्टेन्सी सञ्चालक दिपक कुमार शाह र कर्मचारी गणेश अधिकारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयमा अध्ययनरत सिन्धुली आम्बोटे घर भई काठमाडौंको नागार्जुन बस्ने सायसा पन्तलाई परीक्षामा पास गराइदिने भन्दै दुई लाख माग गरेका थिए । 
गणेशले आफू कन्सल्टेन्सीमा कार्यरत रहेको र विश्वविद्यालयका डाक्टरहरुसँग राम्रो चिनजान रहेको भन्दै परीक्षा पास गराइदिने बताएका थिए ।

सायसाको परिवारलाई शंका लागेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री