शनिबार, १३ मंसिर २०७७

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुँनेको संख्या ९ सय नाघ्यो

समयपोष्ट २०७७ कार्तिक १३ गते १६:३६

Advertisement

कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

यससंगै कोरोनाबाट मृत्यु हुँनेको संख्या ९०४ पुगेको छ ।

Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टिभएको छ ।

९ हजार ७६९ जनाको पीसीआर परीक्षण हूँदा २३६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका संक्रमितसहित हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री