शुक्रबार, १४ वैशाख २०८१

स्वासप्रश्वासमा समस्या आएपछि वीरका स्वास्थकर्मीको निधन,पिसिआर नेगेटिभ आएपछि भएका थिए डिस्चार्ज

समयपोष्ट २०७७ कार्तिक ११ गते २०:३०

Advertisement

कोरोना संक्रमणका कारण बीर अस्पतालका स्वास्थ्यकर्मी कालु सिंहको निधन भएको छ ।

दुई हप्तासम्म आइसियुमा उपचार गराएका स्वास्थ्यकर्मी सिंहको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

आज बिहान एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि फेरि उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुयाईएको १ घन्टाभित्रै सिंहको मृत्यु भएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालमा सिअहेब पदमा कार्यरत सिंहलाई कोरोना संक्रमण भएको थियो । अस्पतालले सिंह यसअघि पनि मुटु रोगी भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री